नेपाल सरकार
सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय

एकीकृत स्थानीय तह वस्तुगत विवरण

स्थानीय तहको वस्तुगत विवरण सङ्कलनमा सहजता र सङ्कलित तथ्याङ्कमा मापदण्ड स्थापित गर्न यस मन्त्रालयले “गाउँ/ नगर वस्तुगत विवरण तयारी कार्यविधि, २०७४ (प्रथम संशोधन २०७८)” तयार गरेको छ । सोही कार्यविधिको ढाँचा र उद्देश्यअनुरूप, साथै विवरण सङ्कलन कार्यको सहजता लागि साथै यस मन्त्रालयबाट विवरण सङ्कलन प्रणाली तयार गरिएको छ । यस सम्बन्धी जानकारी र स्रोत उपलब्ध गराउने उद्धेश्यले यो वेबपेज निर्माण गरिएको छ । यसरी सङ्कलित तथ्याङ्कको आधारमा एकीकृत स्थानीय तह वस्तुगत विवरण (Integrated Local Government Profile : iLG-Profile) प्रणालीलाई विभिन्न सरकारी निकायहरूमा सञ्चालित प्रणालीहरूमा अन्तरआबद्ध गरी स्थानीय तहबाट हुने सेवाप्रवाहमा समेत आवद्ध गरी अभिलेखहरू स्वत: अद्यावधिक (Live Update) हुने गरी सञ्चालनको व्यवस्था गरिने छ ।
  • उक्त प्रणाली प्राप्त गर्नका लागि आवश्यक जानकारी तथा स्रोत बायाँतर्फ उपलब्ध मेनुहरूबाट प्राप्त गर्नसक्नुहुने छ। तथापि, अन्य थप जानकारी आवश्यक भए, यस मन्त्रालय (सङ्घीय मामिला शाखा)मा वा प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम (PLGSP) का सम्बन्धित प्रादेशिक सहयोग ईकाइहरूमा कार्यरत सूचना प्रविधि विज्ञहरूलाई सम्पर्क गर्न सक्नुहुनेछ । सम्पर्क व्यक्तिहरूबारे विस्तृत विवरण हेर्न यहाँ क्लिक गर्नुहोस्।
  • यो सङ्कलन प्रणाली, KoBo ToolBox मा आधारित रहेको छ, तसर्थ Android फोन (मात्र) प्रयोग गरि सङ्कलन गर्न सकिने छ ।
  • यस मन्त्रालयबाट वस्तुगत विवरण सङ्कलन प्रणाली तथा उक्त प्रणाली कार्यान्वयन सहजीकरणका लागि एक जना स्वयंसेवी पर्यवेक्षक (Volunteer Supervisor) मात्र उपलब्ध हुने तर विवरण सङ्कलन कार्य स्थानीय तह आफैले गर्नुपर्नेछ । प्रणाली सञ्चालन र विवरण सङ्कलन का लागि आवश्यक टोली (सम्पर्क व्यक्ति, विवरण सङ्कलनकर्ता र प्राविधिक सहितको) स्थानीय तहले व्यवस्था गर्नुपर्नेछ ।
  • यसरी सङ्कलित विवरणको स्वामित्व सम्बन्धित स्थानीय तहमा नै रहने र यहाँबाट प्रदान गरिने विश्लेषण प्रणाली मार्फत एकिकृत तथ्याङ्क मात्र (जिल्ला/प्रादेशीक/राष्ट्रियस्तर) मा हेर्न सकिने छ ।
  • विवरण सङ्कलन प्रणाली अन्तर्गत समेटिएका प्रश्नहरू हेर्न ईच्छुक हुनुहुन्छ भने, घरधुरी सम्बन्धी प्रश्नावली यस लिङ्क मार्फत हेर्न सक्नुहुनेछ । यसैगरी संस्थागत विवरण सम्बन्धी प्रश्नावली यस लिङ्क मार्फत हेर्न सक्नुहुनेछ ।
  • प्रणाली प्राप्त गर्ने प्रक्रिया निम्नानुसार रहेको छ: